नेपाल साहित्यिक पत्रकार सङ्घको चौथो राष्ट्रिय सम्मेलनले ‘जनमत’ साहित्यिक मासिकका प्रधान सम्पादक मोहन दुवालको अध्यक्षतामा सर्वसम्मतिले ३५ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ ।
नेपाली जनताको विकास, समृद्धि तथा मानव अधिकारमैत्री एवम् जबाफदेही शासनको अपेक्षामा हाल देखिएका संस्थागत अराजकताले गम्भीर आघात पुग्ने भन्दै इन्सेकले सर्वोच्च अदालतमा देखिएको अन्योलता अन्त्यको माग गरेको छ ।
मुलुकबाट निर्यातयोग्य वस्तुमध्ये सबैभन्दा धेरै अलैंची र चियाको निर्यात भएको छ । अन्तर्राष्ट्रिय बजारमा अलैंची र चियाको माग बढ्दै गएकाले निर्यातमा उलेख्य वृद्धि भएको हो ।