देशैभर तोकिएका सबै स्वास्थ्य केन्द्रहरूमा आइतवारबाट १२ देखि १८ वर्षका बालबालिकाले उमेर खुल्ने परिचय पत्र र दीर्घ रोगीहरूले चिकित्सकले उपलब्ध गराएको कागजातका आधारमा कोभिड विरुद्धको फाइजर खोप सिधै प्राप्त गर्न सक्ने गरी व्यवस्था गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले भारतमा विकसित खोपलाई मान्यता दिएको छ । डब्लूएचओले भारत सरकारले विकसित गरेको कोभिड-१९ खोप कोभ्याक्सिनलाई आपतकालिन प्रयोगका लागि मान्यता दिएको हो ।