भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विवादित तीन कृषि कानुन खारेज गर्ने घोषणा गर्नु भएको छ । आज राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले यी तीन कानुन फिर्ता लिने घोषणा गर्नु भएको हो ।
चीनको जन्मदर सन् १९७८ पछि पहिलोपटक सबभन्दा तल्लो स्तरमा पुगेको छ । चीनको तथ्यांक विभागले प्रकाशन गरेको आँकडालाई उद्धृत गर्दै द गार्डियन पत्रिकाले छापेको समाचारमा यो खुलासा भएको हो ।