नेपालमा ३९७ कोरोना संक्रमित थपिए, ३ को मृत्यु

शुक्रबार २६, कार्तिक २०७८ ०१:३५

नेपालमा पछिल्लो २४ घण्टामा ३९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार १३४ जनाको पीसीआर परीक्षणमा ३५५ र १ हजार ९३२ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४७ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट ३८९ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

निको हुने दर ९७ दशमलब ७ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया