२ दिन पछि कर्णालीमा माछा मार्न गएका ३ जनाको सकुशल उद्धार

बुधबार ०३, कार्तिक २०७८ ०६:४५

धनगढी । कैलाली स्थित कर्णाली नदीमा माछा मार्न गएका ३ जनाको बुधवार उद्धार गरिएको छ । उनीहरूको २ दिन पछि सकुशल उद्धार गरिएको हो । 

कार्तिक १ गते दिउसो ४ बजे लम्कीचुहा नगरपालिका वडा न. ३ ढुङ्गे बजारका खडक बहादुर घर्ती मगर, विक्रम घर्ती मगर र खडक डाला मगरको माछा मार्न भनी कर्णाली नदिमा गई सम्पर्क बिहिन भएका  थिए । 

उनिहरुलाई आज स्थानीयहरूको टोलीले जिल्ला कैलाली जानकी गाउँपालिका वडा न. ०९ र बर्दिया जिल्लाको बिचमा पर्ने कर्णाली नदिको लालमटिया टापुमा तिनै जनालाई सकुशल फेला पारी उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक खगेन्द्र साउदले जानकारी दिए । 

प्रतिक्रिया