बालबालिका तस्करी आरोपमा एकजना पक्राउ

शुक्रबार १०, मङि्सर २०७८ ०९:०२

भिक्षुको भेषमा बालबालिका तस्करीको आरोपमा पक्राउ परेका नवलपरासी देवचुली–१७ का ३६ वर्षीय सन्तवीर लामालाई प्रहरीले बुधबार सार्वजनिक गरेको छ । प्रहरी प्रधान कार्यालयको मानव बेचबिखन अनुसन्धान ब्युरोले कात्तिक २९ मा लामालाई पक्राउ गरेको थियो । 

काठमाडौं बौद्धस्थित सेतो गुम्बामा लामा पढाइ गरिरहेका दुई बालकलाई सन्तवीरले आफू भारतको कर्नाटकस्थित सर गाडेन मोनास्ट्रीमा अध्ययन गरेको लामा गुरु भनी प्रलोभनमा पारेर भारत लैजान खोजेका थिए ।

उनले कर्नाटकस्थित गुम्बामा गई लामा अध्ययन गर्‍यो भने राम्रो सुविधा पाइने, नेपालको गुम्बामा पढाउने लामा ९शिक्षक० पनि हुन पाइनेजस्ता विभिन्न प्रलोभन देखाई ती बालकलाई सिन्धुलीको वडा कार्यालयमा लगेर ‘सर गाडेन बुद्धिस्ट कल्चर एसोसिएसन’ को लेटरप्याडमा भारतको कर्नाटकमा लैजाने सिफारिस दिलाई पाऊँ भनी निवेदन दिएका थिए । तर, जन्मदर्ता बनाउने क्रममा शंका लागेपछि अभिभावकले प्रहरीलाई खबर गरेका थिए ।

उनले विभिन्न जिल्लाका बालकलाई लामा अध्ययनको बहानामा भारत लगिसकेको र लैजानैका लागि आरुबारीस्थित झुगो कदम्पा गुम्बामा १० देखि १४ वर्षका अन्य तीन बालकलाई राखेको प्रारम्भिक अनुसन्धानमा खुलेको ब्युरोले जनाएको छ ।

प्रतिक्रिया