कैलालीका बडुवाल हत्या प्रकरण : थप एकजना पक्राउ, हत्याका योजनाकार अझै फरार

आइतबार २८, कार्तिक २०७८ ११:०४

धनगढी । कैलाली प्रहरीले लम्कीचुहा नगरपालिका–१ का २३ वर्षीय भुपेन्द्र बडुवालको हत्या घटनामा संलग्ताको आरोपमा थप एक जनालाई पक्राउ गरेको छ । 

यसअघि, आठ जनालाई पक्राउ गरेको प्रहरीले लम्कीबाट विकास खड्कालाई पक्राउ गरेको हो । यो संगै सो घट्नामा संलग्नताको आरोपमा पक्राउ पर्नेको संख्या नौ पुगेको छ । सात जना अझै फरार रहेका इलाका प्रहरी टीकापुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए ।

हत्याका योजनाकार भनिएका नविन रावल अझै पनि फरार अवस्थामा छन् । उनीसहित फरार रहेका सबैको खोेजीकार्य भइरहेको प्रहरीले जनाएको छ । गएको मंगलबार टीकापुर नगरपालिका–१ मा बडुवालको हत्या भएको थियो ।

विकासले नवीनकै समूहमा रहेर गुन्डागर्दी गर्दै आएको प्रहरीले जनाएको छ । विकासको खोजीका लागि प्रहरी टोली सुर्खेत, बाँके, दैलेखलगायत जिल्लामा पुगेको थियो । यसअघि नै प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा आठजनालाई पक्राउ गरिसकेको छ ।

प्रतिक्रिया