नेपाली जनप्रगतिशील मञ्च कतारको अध्यक्षमा भण्डारी

सोमबार ०६, मङि्सर २०७८ ०७:१६

नेकपा माओवादीको भ्रातृसंगठन नेपाली जनसम्पर्क मन्च कतारको अध्यक्षमा बुद्धिप्रसाद भण्डारी चयन भएका छन् । शुक्रबार भएको पाँचौ अधिवेशनले बुद्धिप्रसाद भण्डारीको नेतृत्वमा ५१ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो । 

मञ्चका वरिष्ठ उपाध्यक्ष राजेन्द्र देवकोटा, उपाध्यक्षमा उत्तम गुरुङ, मोहम्मद सद्दाम हुसेन, कृष्ण परियार, दुर्गा पासवान, महासचिव माहमुद कार्की चयन भएका छन् ।  यस्तै सचिवमा शेष सहनवाज आलम, उत्तरबहादुर रोका, दिपक भट्टराई र कोषाध्यक्ष अमृत गौतम चयन भएका छन् । 

यसैगरी मञ्चको सह–कोषाध्यक्षमा सुनिल चौधरी चयन भएका छन् ।  अधिवेशनलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भर्चुअल माध्यमबाट सम्बोधन गरेका थिए भने प्रवास समन्वय कमिटीका अध्यक्ष ओम शर्मा लगायतको पनि सहभागिता रहेको थियो ।

प्रतिक्रिया