१३ डलरमा किनेको कुकुर स्याल निस्किएपछि

शुक्रबार २६, कार्तिक २०७८ ०३:३७

पेरुमा एउटा परिवारले किनेको कुकुर स्याल भएको पत्ता लागेको छ। छिमेकीका कुखुरा, हाँस मार्न थालेपछि सो जन्तु कुकुर नभई स्याल भएको सुइँको उनीहरुले पाएका थिए। 

राजधानी लिमास्थित एउटा पसलबाट मारिबेल सोतेलोले १३ अमेरिकी डलरमा शुद्ध जातको हस्की ठानेर त्यसलाई किनेकी थिइन्। र, घर ल्याएर नाम दिएकी थिइन्– रन रन।

तर, केही दिनपछि नै छिमेकीहरुको रिस उनले सामना गर्नुपर्यो। किनकि रन रनले तिनका कुखुरा, हाँस, गिनी पिगलाई लखेटीलखेटी मार्न थाल्यो। 

‘एक महिनाअघि रन रनले आफ्नो तीन वटा गिनीपिग खाइदिएको यहीँकी एक महिलाले बताइन्,’ सोतेलोले भनिन्। त्यसपछि बुझ्दै जाँदा रन रन स्याल भएको पत्ता लाग्यो र उसलाई जीवजन्तु संरक्षणकर्ताको जिम्मा लगाइयो।

अमेजनको जंगलतिरबाट तस्करहरुले जन्तु समातेर पेरुमा ल्याएर बेच्ने गरेको जीवजन्तु संरक्षणकर्ताहरुले बताएका छन्। 

प्रतिक्रिया