विश्वभर साढे ५ लाख ४५ हजार बढी संक्रमित थपिय, ६४०२ को मृत्यु

शुक्रबार १०, मङि्सर २०७८ ०९:२२

विश्वभर पछिल्लो २४ घण्टामा ५ लाख ४५ हजार ६८५ जना कोरोना संक्रमित थपिएका छन् ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार यही अवधिमा ३ लाख ७२ हजार ८२३ जना संक्रमणमुक्त भएका छन् भने ६ हजार ४०२ जना संक्रमितको मृत्यु भएको छ ।

बेलायतका ४७ हजार २४०, रुसमा ३३ हजार ७९६, फ्रान्समा ३३ हजार ४६४, टर्कीमा २४ हजार ४६४, अमेरिकामा १५ हजार ७२३ र ब्राजिलमा १२ हजार १९१ जना संक्रमित थपिएका हुन् ।

निको हुनेमा बेलायतमा ४० हजार ७७७, रुसमा ३८ हजार ४५०, टर्कीमा २९ हजार ६३९, ब्राजिलमा १० हजार ४९६ र अमेरिकामा ४ हजार ९० जना छन् ।

मृत्यु हुनेमा रुसमा एक हजार २३८, ब्रािजलमा २८१, अमेरिकामा २७५, टर्कीमा २२२ र बेलायतमा १४७ जना छन् ।

प्रतिक्रिया