अनलाइन पढाउनुअघि विद्यार्थीको कुरा पनि सुन्नैपर्छ : बेलायती नियामक

मङ्गलबार ३०, कार्तिक २०७८ ०३:१०

विश्वविद्यालयहरुले अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय लिनु अगाडि विद्यार्थीको धारणा पनि लिन जरुरी रहेको बेलायती शैक्षिक नियामकहरुले बताएका छन् । 

कोभिडका मापदण्डहरु बिस्तारै हट्दै गएको हुँदा यस वर्ष अधिकांश कक्षाहरु विद्यार्थीको प्रत्यक्ष उपस्थितिमा सञ्चालन गरिने अपेक्षा रहेको छ । तरपनि ठूलो समुहमा पढाउन अझै जोखिमपूर्ण भएको हुँदा धेरैले अनलाइन नै चलाउनेबारे छलफल गरिरहेका छन् । 

यसमा सर्वेक्षण गरिएका ४७ विश्वविद्यालयहमा केबल १३ वटाले मात्र प्रायः कक्षा प्रत्यक्ष उपस्थितिमा गराउने बताएका हुन् । अन्यले चाहिँ मिश्रित तरिकाले कुनै कक्षा कोठामा त कुनै अनलाइनबाट पढाउने भनेका छन् । 

‘अफिस फर स्टुडेन्ट्स’ की प्रमुख निकोला डेनड्रिजका अनुसार यसमा विश्वविद्यालयहरुले विद्यार्थीहको धारणालाई पनि ध्यानमा राख्दै उनीहरुको प्रतिक्रिया पश्चात् मात्र अन्तिम निर्णय लिनुपर्ने हुन्छ । 

युनिभर्सिटी अफ लिड्समा थेउरीटिकल फजिक्सकका छात्र, विह हडीका अनुसार अघिल्लो वर्ष उनको सबै कोर्स अनलाइन सञ्चालन गरिएको थियो । र त्यसरी पढ्दा सबैलाई एकदमै कठिन भएको उनले बताए । 

उनी भन्छन्, “प्रश्नहरु आमने सामने व्यक्तिगत रुपमा छलफल गर्दा नै ठीक हुन्छ । शिक्षकले अगाडि बसेर सबै व्याख्या गर्दाको अर्थ नै धेरै फरक हुन्छ । अनलाइन पढेको एक वर्ष बढि भइसकेपनि पढ्दाखेरि प्रश्न सोध्नलाई भनेर कसैलाई हात उठाउन मन लाग्दैन । जसले कक्षामा अन्र्तक्रियाको वातावरणलाई एकदमै कमजोर बनाइदिन्छ । ”

यसबारे युनिभर्सिटी अफ लिड्सका प्रवक्ताले आफूहरु विद्यार्थीलाई सक्रिय रुपमा समावेशी शैक्षिक अनुभव दिलाउन प्रतिबद्ध रहेकाले विद्यार्थीहरुसँग मिलेर काम गर्ने बताएका हुन् । 

तर यही अनलाइन कक्षा कतिपय युनिभर्सिटीका लागि चाहिँ प्रतिस्पर्धात्पमक शैक्षिक बजारमा टिकिरहने सहुलियतपूर्ण माध्यम बनिरहेकामा गम्भीर चिन्ता पनि व्यक्त गरिएको छ । 

प्रतिक्रिया