धनगढीमा छठको रौनक, चिटिक्क पारियो मोहना घाट

शनिबार २७, कार्तिक २०७८ ०२:३८

धनगढी । बुधबार छठ पूजाको पहिलो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ। मुख्य गरी देशको तराईमा छठ पर्व धुमधामका साथ मनाइन्छ । धनगढीमा पनि अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ ।

छठको पूजाका लागि मोहना घाट लगायतका जलाशायहरुलाई सिंगारपटार गरेर सजाइएको छ । दोस्रो दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठको व्रत तोडिन्छ ।

कोरोना कहरले दुई वर्ष रोकिएको तराई बासीले चार दिन मनाउने यो पर्वको लागी छठ पूजा सेवा समितिले स्थिानिय बासीको सहयोगमा मोहना घाटमा छठ पर्व प्रति आस्थावान् भक्तजनहरूको स्वागत र सेवा सुविधाको लागी टेन्ट, राति भजन र बस्ने व्यवस्था समेत गरिएको छ ।

 

प्रतिक्रिया