खाना खाने बेला झगडा हुदा स्थानीय ४९ वर्षीय धनबहादुर मगरको मृत्यु

शुक्रबार १०, मङि्सर २०७८ ०९:०३

खाना खाने बेला भएको वादविवादले झगडाको रुप लिँदा डोटीमा १ जनाको मृत्यु भएको छ। 

बोगटान फुड्सिल गाउँपालिका–१ उल्टेपानीमा आपसी झगडामा एक जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा स्थानीय ४९ वर्षीय धनबहादुर मगर रहेका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र चन्दका अनुसार स्थानीय टेकबहादुर मगरको घर छाएर खाना खाने क्रममा ३२ वर्षीय मिलन मगर र धनबहादुरबीच विवाद भएको थियो। विवादले उग्र रुप लिएपछि दुई जनाबीच कुटाकुट नै भएको थियो। 

मिलनको कुटाइबाट धनबहादुर गम्भीर घाइते भएका थिए। गम्भीर घाइते उनलाई उपचारका लागि दिपायल ल्याउँदै गर्दा बीच बाटोमै मृत्यु भएको चन्दले बताए। 

कुटपिटमा संलग्न मिलनलाई प्रहरी चौकी चमराचौतराको टोलीले पक्राउ गरेको छ। पक्राउ परेका मिलनमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया