इमान बेचेर अझै कति तल झर्नुपर्छ भन

शुक्रबार १०, मङि्सर २०७८ ०९:४८

इमान बेचेर अझै कति तल झर्नुपर्छ भन।
तिमी जस्तै बन्नलाई अब के गर्नुपर्छ भन।

गुलामहरूको सहरबाट टाढा हुन मन छ,
डाँडा काट्नु पर्छ वा खोला तर्नुपर्छ भन।

कसरी झुक्छन् ती स्वाभिमानी शिरहरू, 
तिमीहरूले मात्र किन खुट्टा पर्नुपर्छ भन।

तिम्रैलागी पटक पटक सडमा कुर्लेको छु,
जीवन रहुन्जेल कति पटक मर्नुपर्छ भन।

चाकरहरूको घेरा बाहिर पनि मान्छे छन्
काखमै बस्न कसरी नजिक सर्नुपर्छ भन।

कमाउ खाउ मोज गर यत्ति जान्ने मन छ,
बाँचुञ्जेलसम्म कति गोजी भर्नुपर्छ भन।

प्रतिक्रिया